६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु



काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको समाचारमा उल्लेख छ ।

रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए । भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

लुइजियाना टेक विश्वविद्यालयले घटनापछि शोक विज्ञप्ति जारी गर्दै दिवंगत विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । तर त्यसमा मृतक विद्यार्थीहरुको नाम–ठेगाना भने उल्लेख छैन ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : २८ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक