२२ भदौ २०८३, सोमबार | September 7, 2026

खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपति सहित बाँकेमा थपिए २१ कोरोना संक्रमित



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार जिल्लामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा आज थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका  ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला क्राईसिस मेनेजमेन्ट सेण्टरका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज आएको रिपोर्टमा बाँकेमा सर्वाधिक सक्रिय जनप्रतिनिधिकारुपमा परिचित खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपतिमा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएलगत्तै खबरकुरासंग कुरा गर्दै खजुरा गाँउपालिकाका अध्यक्ष कक्षपतिले जनताको सेवा गर्दा गर्दै संक्रमित हुन पुगेपनि उच्च मनोबलका साथ कोरोना मुक्त भएर पुनः जनताको सेवामा आउने प्रतिबद्धता ब्यक्त गरे ।

आज थपिएसंगै बाँकेमा कुल संक्रमितको संख्या १४४० पुगेको छ जसमा ९९७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने जिल्लामा ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ६ : ०९ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा