२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतको उत्तरकाशी क्षेत्रमा गएको पहिरोमा बेपत्ता बर्दियाका तीन जनाको कुशको शव बनाई अन्त्येष्टि



बर्दिया । भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएका बर्दियाका तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाई अन्त्येष्टि गरिएको बर्दिया मधुवन नगरपालिका—६ बुद्धनगरका चुडामणि खड्काले जानकारी दिए ।

खड्काका ३७ वर्षीय छोरा नरेन्द्र खड्का, बुहारी सरस्वती खड्का भण्डारी र दुई वर्षको नाति रोमन उक्त पहिरोमा पुरिएर बेपत्ता भएका थिए । घटनास्थल पुगेर फर्किएका खड्काले भने, “पहिरोमा पुरिएकाको आफ्ना सन्तानको खोजीका लागि घटनास्थलमै पुगेका थियौँ । त्यहाँ भेटिनुभएका उत्तरप्रदेशका मुख्यमन्त्री पुस्करसिंह धामी, प्रहरी अधिकृतलाई पनि खोजतलासका लागि आग्रह ग¥यौँ, तर पत्ता लगाउन सकिएन ।”

उनका अनुसार पहिरोमा पुरिएका छोरा नरेन्द्रको एक हातको अङ्ग मात्रै फेला परेपछि निजको मृत्यु भएको पहिचान गरिएको थियो । खड्काले भने, “छोराको हातमा ‘सुमन’ लेखिएको थियो, त्यसै आधारमा आफूले छोराको शव पहिचान गरेर हात उतै गाडेर फर्किए । घरमा पुगेर कुशको शव बनाई तीनै जनाको अन्त्येष्टि गरेका हौँ ।”

मधुवन नगरपालिका–५ की अमृता परियार पनि उक्त पहिरोमा पुरिएर बेपत्ता भएकी थिइन् । उनको अवस्था पनि अज्ञात छ । आर्थिक अवस्था कमजोर भएको खड्का परिवारका सदस्य सडकलगायत निर्माण क्षेत्रमा मजदुरी गर्न उत्तरकाशी क्षेत्रमा पुगेका थिए ।

धारला क्षेत्रमा निर्माणाधीन सडक छेउको खोला किनारमा बनाइएको टहरोमा बसेका बेला अकस्मात माथिबाट ठूलो पहिरो खस्दा खड्का, उनकी श्रीमती र छोरासहित व्यक्ति पुरिएका थिए । त्यस दिन धारलासहित तीन ठाउँमा ठूलो पहिरो गएको र त्यसमा जाजरकोटका २१ जना पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

मृतकका भाइ गुप्तराज खड्काले मजदुरी गरेर कमाई गर्ने दाजुको निधन भएपछि परिवार आर्थिक सङ्कटमा परेको दुःखेसो सुनाए । मधुवन नगरपालिका कार्यालयले किरिया खर्च दिने भने पनि हालसम्म पाउन नसकेको उनले गुनासो गरे ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ९ : ३३ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा