१२ असार २०८३, शुक्रबार | June 27, 2026

बृहत खजुरा तीज महोत्सवको उपाधि पूर्वीलाई



खजुरा । बाँकेको खजुरामा जारी वृहत खजुरा तीज महोत्सव २०८२ को उपाधि ८ वर्षीय पूर्वी विकले उचालेकी छन् । न्यू डाँफे स्पोर्ट्स क्लब खजुरा डि गाउँको आयोजना भएको एकल तीज नृत्य प्रतियोगितामा १५ जना छनोटमा परेका प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपालगन्ज उमहानगरपालिका १२ बस्ने पूर्वी विकले नगद ५० हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरिन् ।

पूर्वी नेपालगन्ज स्थित यूनाइटेड एजुकेशनल एकेडेमीमा कक्षा ३ मा अध्ययनरत छिन् । कुल २८ जनाले अडिशन राउण्डमा भाग लिएका थिए ।अडिशन राउण्डमा १६ जना छनोट गरिएपछि फाइनलमा भिडन्त गराइएको थियो ।

प्रतियोगितामा नेपालगन्जकी मनिषा परियार दोस्रो भइन् । परियारले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै तेस्रो जनसेवा मावि खजुराकी सुदिक्षा बोहरा भइन् । उनले १५ हजार नगद पुरस्कार राशि सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरिन् । सान्तवना सैनिक खजुराकी दीक्षा थापा मगर भइन् । दीक्षाले ५१०० नगद पुरस्कार राशि सहित ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिएको आर्थिक संयोजक तथा क्लबका मानार्थ उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

भव्य समारोह बीच आयोजना गरिएको वृहत खजुरा तीज महोत्सवमामा करिब १० हजार दर्शकको उपस्थिति रहेको आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए ।

प्रतियोगितामा सम्पूर्ण पुरस्कार खजुराका समाजसेवी लिल बहादुर थापाले प्रदान गरेका हुन् । महोत्सव मूल आयोजक समितिका संयोजक रिमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा खजुराको पहिचान बनिसकेको लाखे नाच समेत प्रस्तुत गरिएको थियो । लाखे नाच हरेक वर्ष तीजका अवसरमा खजुरामा निकालिने गरिन्छ । खजुरा स्थित लक्ष्मीनारायण मन्दिरको परिक्रमा गरिसकेपछि मञ्चमा पुगेको लाखे नाच टिमले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

लाखे नाचको संयोजन लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मान समेत गरिएको क्लबका उपाध्यक्ष नारायण खनालले जनाए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष तुफानले तीज महोत्सव हरेक वर्ष खजुरामा विशेष रहने गरेको उल्लेख गरे । खजुराका विभिन्न संस्थाहरूले पालैपिलो यसरी तीज महोत्सव गर्दा खजुराको एकता झल्किएको भन्दै प्रशंसा गरे ।

पालिका उपाध्यक्ष मञ्जु मल्लले महिला दिदीबहिनीहरूको विशेष चाडलाई पुरुष दाजुभाईहरूले यसरी व्यवस्थापन गरेर मञ्च तयार गरिँदा आफू हर्षित बनेको उल्लेख गरिन् । प्रतियोगितामा भाग लिनेहरूलाई हौसला दिँदै उपाध्यक्ष मल्लले जितहार भनेको एउटा गणना गर्ने माध्यम मात्र भएकाले मञ्चमा आएर उत्कृष्ट प्रस्तुति दिन सक्नु नै सफलता हुने गरेको बताइन् ।

महोत्सवमा राष्ट्रिय कलाकार रुबिना अधिकारीले आफ्नो प्रस्तुति दिएकी थिइन् । प्रतियोगिताको निर्णायकमा कलाकार अधिकारीसँगै प्रमुख निर्णायक बालवीर थापा र दिपेन्द्र केसी रहेका थिए ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ७ : ५९ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३