२० भदौ २०८३, शनिबार | September 5, 2026

गंगा सोनाम बनिन नेपाल आइडल सिजन-६ की विजेता



काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ को छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । आइतबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा अनलाइन भोटिङको आधारमा उनी विजेता घोषित भइन् ।

२० वर्षीया गंगा सोनाम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, बडहरेकी निवासी हुन् । उनी पिता ध्रुव सोनाम र आमा सीता सोनामकी कान्छी सन्तान हुन् । गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन् । विजेता बनेसँगै उनले नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यस सिजनको फिनालेमा सिन्धुपाल्चोककी गंगासहित सिक्किमकी बबिता थापा मगर, दार्जिलिङका अभिनय खाती, चितवनकी दर्शना गान्धारी र काठमाडौंका मृनल मानन्धरबीच प्रतिस्पर्धा भएको थियो ।

फिनालेमा बबिता थापा मगर फर्स्ट रनरअप बन्दै १० लाख रुपैयाँ पाउँदा चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भइन् र ५ लाख रुपैयाँ प्राप्त गरिन् । त्यस्तै, अभिनय खाती चौथो स्थानमा रहँदा मृनल मानन्धर पाँचौँ भए । दुवैले १-१ लाख रुपैयाँ पुरस्कार हात पारे ।

नेपाल आइडल सिजन-६ सुरेश पौडेल र एलेन श्रेष्ठको निर्देशनमा बनेको हो । निर्णायकको भूमिकामा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए ।

नेपाल आइडलको इतिहासमा यसअघि बुद्ध लामा (पहिलो सिजन), रवि ओड (दोस्रो सिजन), सज्जा चौलागाईं (तेस्रो सिजन), भुपेन्द्र थापा मगर (चौथो सिजन) र करण परियार (पाँचौँ सिजन) विजेता भएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : १० बजे

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन