१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गंगा सोनाम बनिन नेपाल आइडल सिजन-६ की विजेता



काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ को छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । आइतबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा अनलाइन भोटिङको आधारमा उनी विजेता घोषित भइन् ।

२० वर्षीया गंगा सोनाम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, बडहरेकी निवासी हुन् । उनी पिता ध्रुव सोनाम र आमा सीता सोनामकी कान्छी सन्तान हुन् । गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन् । विजेता बनेसँगै उनले नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यस सिजनको फिनालेमा सिन्धुपाल्चोककी गंगासहित सिक्किमकी बबिता थापा मगर, दार्जिलिङका अभिनय खाती, चितवनकी दर्शना गान्धारी र काठमाडौंका मृनल मानन्धरबीच प्रतिस्पर्धा भएको थियो ।

फिनालेमा बबिता थापा मगर फर्स्ट रनरअप बन्दै १० लाख रुपैयाँ पाउँदा चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भइन् र ५ लाख रुपैयाँ प्राप्त गरिन् । त्यस्तै, अभिनय खाती चौथो स्थानमा रहँदा मृनल मानन्धर पाँचौँ भए । दुवैले १-१ लाख रुपैयाँ पुरस्कार हात पारे ।

नेपाल आइडल सिजन-६ सुरेश पौडेल र एलेन श्रेष्ठको निर्देशनमा बनेको हो । निर्णायकको भूमिकामा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए ।

नेपाल आइडलको इतिहासमा यसअघि बुद्ध लामा (पहिलो सिजन), रवि ओड (दोस्रो सिजन), सज्जा चौलागाईं (तेस्रो सिजन), भुपेन्द्र थापा मगर (चौथो सिजन) र करण परियार (पाँचौँ सिजन) विजेता भएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : १० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा