२२ भदौ २०८३, सोमबार | September 7, 2026

कतारमा मृत्यु भएका मनोज बरामको शव ल्याइदिन आग्रह



गोरखा । कतारमा मृत्यु भएका यहाँको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको शव ल्याइदिन आफन्तजनले सरकारसँग आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीका लागी विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राति सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । ४२ वर्षीय बराम केही वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । “त्यहाँ शनिबार बिदा हुने रहेछ । त्यो दिन साथिभाईहरुसँग खानपिन गरेर सुतेका रहेछन्, बिहान उठ्दै उठेनन”, वडा सदस्य गोलबहादुर बरामले भने, “रातको २ बजेसम्म श्रीमती पवित्रा बरामसँग कुराकानी भएको रहेछ ।”

बरामको एक छोरा र एक छोरी छन् । उनको आर्थिक अवस्थासमेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडा सदस्य बरामले बताए । उनका बुबा र भाई शारीरिक अपाङ्ग छन् ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ९ : ४१ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार