१९ बैशाख २०८३, शनिबार | May 2, 2026

बुटवल र भैरहवामा आज अपराह्न ४ बजेदेखि कर्फ्यु



बुटवल । जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेश अनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भीड, जुलुस, प्रदर्शन, सभा, बैठक वा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

बुटवल क्षेत्रमा

पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म

पश्चिममा बेलबास चोकसम्म

उत्तरमा चिडिया खोलासम्म

दक्षिणमा मंगलापुरसम्म

भैरहवा क्षेत्रमा

पूर्वमा रोहिणी खोला पुलसम्म

पश्चिममा बेथरी पुलसम्म

उत्तरमा बुद्धचोकसम्म

दक्षिणमा मेउडीहवासम्म

साथै, बुटवल बेलबास सडक खण्डको दायाँबायाँ १०० मिटर क्षेत्रभित्र समेत कर्फ्यु लाग्नेछ । जिल्ला प्रशासन कार्यालयले सुरक्षाका कारण जारी गरिएको यस आदेशको उल्लङ्घन गर्नेहरूलाई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ३ : ५९ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन