काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित चिनियाँ राजदूत छन सोङले बिहीबार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङले नेपाललाई आवश्यक परेमा असल छिमेकीको नाताले चीन सधैं सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपालका जनताको चाहनालाई चीनले सदैव सम्मान गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने बताए ।
“नेपाली जनताको चाहनालाई हामी सम्मान गर्छौं,” राजदूत सोङले भने, “सरकारलाई जे आवश्यक पर्छ, असल छिमेकीको हैसियतले हामी सहयोग गर्न तत्पर छौं।”
अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री कार्की र चीनका राजदूतबीच भएको यो पहिलो भेटवार्ता हो ।
यसअघि प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेकी थिइन ।


















प्रतिक्रिया