११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

गोल्छा ग्रुपद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई बिस थान मोटरसाइकल प्रदान



काठमाडौँ । गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हामीलाई हस्तान्तरण गरेको छ ।” मोटरसाइकल हस्तान्तरण कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र सो संस्थाका पदाधिकारीहरू साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ९ : २८ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि