१५ माघ २०८२, बिहिबार | January 29, 2026

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो



गोरखा । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा दरबारमा साँझको शुभसाइतमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मुख्य पुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

तल्लोकोटस्थित फूलपाती चौताराबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भित्र्याइएको उनले बताए । मुख्य पुरोहित भट्टराईले भने, “गोरखा दरबारबाट निस्किएको बाजागाँजा र झाँकीसहितको टोलीले हर्षउल्लासका साथ फूलपाती दसैँघरमा पु¥याएको हो ।”

फूलपातीका दिन गोरखा दरबारमा रवानबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा फूलपाती भित्र्याउने चलन छ ।

यसअघि रातिको समयमा फूलपाती लिन फूलपाती चौतारामा दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी तथा स्थानीयवासीको टोली लावालस्करसहित तत्ललोकोटमा रहेको पिपल डाँडा पुगेका थिए ।

गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भित्र्याइएको मुख्य पुरोहित भट्टराईले बताए ।

दरबारमा फूलपाती भित्र्याउनुअघि गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गलगीत तथा मालश्री राग गाउँदै हर्षबढाइँ गर्दै र भारवाहकहरू फूलपाती पर्सने सिँढीसम्म पुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याइएको मूल पुरोहित भट्टराईले जानकारी दिए ।

यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका फूलपाती पठाइएको थियो ।

 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ४१ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय