१० माघ २०८२, शनिबार | January 24, 2026

मन्थली-लुक्ला हवाई उडान सुरु



मन्थली । रामेछाप (मन्थली)–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरुका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विभिन्न कम्पनीहरुले काठमाडौंबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।

मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उडययन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुरागाईले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ४ : ०४ बजे

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात/वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको

नागरिक आवास कार्यक्रमका लागि रकम कटौति

भोजपुर । सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले

सुदूर पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको