८ पुस २०८२, मंगलबार | December 23, 2025

असोज १७ देखि २० सम्म रातिमा काठमाडौं नआउनु नबाहिरिनु : काठमाडौं प्रशासन



काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म रातिमा काठमाडौं नभित्रिन र नबाहिरिन आग्रह गरेको छ ।

प्रशासनले आज विज्ञप्ति जारी गर्दै असोज १७ गतेदेखि २० गतेसम्म काठमाडौं उपत्यका सहित जिल्लाभर भारी वर्षा हुने र यस क्रममा बाढी, पहिरो तथा डुबान जस्ता विपद् निम्तिन सक्ने सम्भावना रहेको भन्दै यात्रामा ननिस्कन सुझाव दिएको हो ।

प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी नदीकिनार, खोला तथा पहिरो सम्भावना हुने स्थानमा बस्नेहरुलाई थप सतर्क रहन अनुरोध गरिएको छ ।

त्यसैगरी काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग तथा सडक मार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले सुझाव दिएको छ । अत्यावश्यक नपरेसम्म यात्रामा ननिस्कन र सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ ।

विपद्को समयमा तत्काल उद्धार तथा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न सकिने जनाइएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपाल, सिमा सशस्त्र प्रहरी बल, र जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १ : ०१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना