२२ भदौ २०८३, सोमबार | September 7, 2026

वार्मअप म्याचमा नेपालको दमदार प्रदर्शन, ओमानलाई ६ विकेटले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा नेपालले पहिलो वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका ओपनर आसिफ शेखले ६१ रनको शानदार अर्धशतक प्रहार गर्दै जितको आधार तयार पारे । कप्तान रोहित पौडेलले २५ रन जोडे भने कुशल भुर्तेलले ११ र कुशल मल्लले १० रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले २० ओभर पूरा खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन मात्र जोड्न सकेको थियो ।

नेपालका बलरमध्ये सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई-दुई विकेट हात पारे ।

विश्वकप छनोट खेल्नका लागि नेपाल ओमान पुगेको हो । वार्मअप म्याचपछि नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको शीर्ष स्थानमा पुग्ने टिम सुपर सिक्समा छनोट हुनेछ ।

सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : ५६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार