२० मंसिर २०८२, शनिबार | December 6, 2025

वार्मअप म्याचमा नेपालको दमदार प्रदर्शन, ओमानलाई ६ विकेटले पराजित



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा नेपालले पहिलो वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका ओपनर आसिफ शेखले ६१ रनको शानदार अर्धशतक प्रहार गर्दै जितको आधार तयार पारे । कप्तान रोहित पौडेलले २५ रन जोडे भने कुशल भुर्तेलले ११ र कुशल मल्लले १० रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले २० ओभर पूरा खेल्दै ९ विकेटको क्षतिमा १ सय १० रन मात्र जोड्न सकेको थियो ।

नेपालका बलरमध्ये सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई-दुई विकेट हात पारे ।

विश्वकप छनोट खेल्नका लागि नेपाल ओमान पुगेको हो । वार्मअप म्याचपछि नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको शीर्ष स्थानमा पुग्ने टिम सुपर सिक्समा छनोट हुनेछ ।

सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ६ : ५६ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय