२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चार जना बेपत्ता



रसुवा । लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चार जना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन् । १६ जनाको समूहमध्ये चार जना शनिबार गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सा तर्ने क्रममा बगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार, भक्तपुरबाट आएको टोली शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेको थियो । शनिबार बिहान खोल्सा तर्ने क्रममा दुर्घटना भएको हो ।

खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएकोमा तीमध्ये चार जनाको उद्धार गरिएको छ भने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर-१०) बेपत्ता रहेका छन् ।

लगातारको वर्षाका कारण खोल्साको पानी र वेग बढेकोले दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । हाल बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ७ : ०३ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम