२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भूमिदेव फर्निचर बजार १५औं वर्ष प्रवेश, सम्पूर्ण उत्पादनमा ३५ प्रतिशतसम्म छुट



भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ पड्सरीस्थित भूमिदेव फर्निचर बजारले आफ्ना सम्पूर्ण उत्पादनमा ३५ प्रतिशतसम्म छुटको अफर ल्याएको छ । ‘भूमिदेव फर्निचर मेला’ सञ्चालन गर्दै कम्पनीले तिहारको अवसरमा उक्त अफर सार्वजनिक गरेको हो ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कम्पनीका उत्पादन प्रबन्धक अभिषेक अर्यालले भूमिदेव फर्निचर बजारले १५ औं वर्षमा प्रवेशको अवसरमा ग्राहकका लागि विशेष छुटको घोषणा गरेको जानकारी दिए । उनका अनुसार यो अफर असोज २७ गतेदेखि छठ पर्वसम्मका लागि लागू हुनेछ ।

अर्यालका अनुसार भूमिदेव फर्निचर बजार आधुनिक जीवनशैलीका लागि गुणस्तरीय, दिगो र आकर्षक फर्निचरको प्रतीक हो । पडसरीमा रहेको प्रधान कार्यालयसहित कम्पनीका आठ शाखा (लोकन्थली, भक्तपुर, बानेश्वर, काठमाडौं, इमाडोल, ललितपुर, झापा र पोखरा) मा पनि छुट अफर लागू गरिएको छ ।

वि.सं. २०६७ सालमा भैरहवाबाट व्यवसायिक उत्पादन सुरु गरेको कम्पनीले हाल विभिन्न प्रकारका बेड, डाइनिङ सेट, ड्रेसिङ टेबल, स्टडी टेबल, मोड्युलर किचन र आकर्षक सोफासेटलगायतका उत्पादन बजारमा ल्याउँदै आएको छ । यी फर्निचरहरू २ हजारदेखि ७ लाख रुपैयाँ मूल्यका दायरामा उपलब्ध छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पारसमणि गैरेका अनुसार भूमिदेव फर्निचर बजारका सम्पूर्ण उत्पादनमा १५ वर्षसम्मको वारेन्टी सुविधा उपलब्ध छ । उनका अनुसार कम्पनीले गाडीमा १ घण्टासम्मको दुरीभित्र निःशुल्क डेलिभरी र देशभर सेवा उपलब्ध गराइरहेको छ ।

लगभग १० करोड रुपैयाँको लगानीमा स्थापना भएको भूमिदेव फर्निचर बजारले भियतनाम र भारतबाट कच्चा पदार्थ आयात गरी भैरहवा र लोकन्थलीस्थित उत्पादन केन्द्रबाट सेवा दिइरहेको छ । कम्पनीमा हाल ४५ जना कर्मचारी कार्यरत छन् ।

गैरेले भने, “गुणस्तर, विश्वास र दिगोपनमा अडिग रहँदै हामी ग्राहकको आवश्यकता अनुसार अझ नयाँ डिजाइन र प्रविधियुक्त फर्निचर ल्याउनेछौं ।”

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : १७ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा