१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

ब्रिज एजुकेशनको १९ औं शाखा बुटवलमा



बुटवल । विगत एक दशक लामो समयदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेश कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९ वटा शाखा सञ्चालन गरिरहेको ब्रिज एजुकेशनले बुटवलमा १९ औँ शाखा बिस्तार गरेको हो ।

युके, अस्ट्रेलिया र क्यानडामा शाखा कार्यालय स्थापना गरी विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श र सहजीकरण गर्दै आएको ब्रिज एजुकेशनले नेपालका प्रमुख शहरहरुमा समेत आफ्नो शाखा बिस्तार गरेको चिप अपरेटिङ अफिसर रुपेश थापाले बताए । आफूहरुले शैक्षिक परामर्शसँगै विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई त्यहाँ आइपर्ने समस्याहरुमा समेत सहजीकरण गर्दै आएको दाबी गरे ।

अधिकांश नेपाली विद्यार्थीहरु लहैलहै र साथीभाईको सिको गर्ने प्रचलनले नबुझी विदेश जाँदा दुःख पाउने गरेको बताउँदै उनले सबै प्रक्रिया बुझ्नु पर्ने र त्यसका लागि अभिभावकले पनि पूर्ण जानकारी लिन आवश्यक रहेको उल्लेख गरे । ब्रिज एजुकेशन बुटवल शाखाको उद्घाटन गर्दै वेस्टन मेघा कलेजका प्राचार्य कृष्ण शर्मा पौडेलले परामर्श केन्द्रले आर्थिक लाभको मात्रै माटो नहेरी सेवाको भावनाले समेत काम गर्न आग्रह गरे ।

ब्रिज एजुकेशनले युरोपका अधिकांश मुलुकहरु तथा विश्वका २५० बढी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । विद्यार्थीको माग र चाहना अनुसारनै बुटवलमा समेत शाखा सञ्चालनमा ल्याइएको बुटवल शाखाका सञ्चालक अमृत कार्कीले बताए । यसैगरी बुटवल शाखाकै सञ्चालक एलिना श्रेष्ठले परामर्श सेवाबाट भविष्यमा कुनै पनि विद्यार्थीले विदेशमा पुगेर दुःख पाउन नपरोस भन्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरिन् ।

काठमाडौंमा केन्द्रीय कार्यालय रही सन् २०१५ मा स्थापना भएको ब्रिज एजुकेशनले विदेशमा अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपाल फर्क अभियान समेत सञ्चालनमा ल्याएको छ । विशेमा प्राप्त गरेको सीप र ज्ञानलाई फर्केर मुलुकमै लगानी गर्नुपर्छ भन्ने जागण पैदा गर्नका लागि नेपाल फर्क अभियान पनि सञ्चालन गरिएको संस्थाको दाबी छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  २ : १७ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत