सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका-११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको सर्पदंशबाट मृत्यु भएको छ ।
गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।
तर, केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँदै गर्दा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार अनिशलाई राति सुतिरहेको बेला घरभित्रै सर्पले डसेको हो । घटनापछि स्थानीयवासीमा सर्पको डर फैलिएको छ ।


















प्रतिक्रिया