४ श्रावण २०८३, सोमबार | July 20, 2026

बरिष्ठ कलाकार निर्मोहीको स्वास्थ्य उपचार सहयोगार्थ समिति गठन



नेपालगन्ज । बरिष्ठ बरिष्ठ कलाकार कमल बि.के निर्मोहीको उपचार सहयोगार्थ समिति गठन भएको छ । मृगौला रोगबाट पीडित निर्मोहीको उपचार सहयोगका लागि समिति गठन भएको हो ।

बास नेपालको संयोजनमा आज नेपालगन्जमा भएको भेलाले बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा ७ सदस्सिय समिति गठन गरेको छ । गठित समितिको सदस्यमा नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगर, बरिष्ठ कलाकार सुन्दर गुरुङ, जित बहादुर थापा, सञ्चारकर्मी शुक्रऋषि चौलागाईं, नेपाल उद्योग बाणिज्य संघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ र साहित्यकार दिला शाह रहेका छन् ।

समिति मार्फत सहयोग संकलन गर्ने र उपचारमा सहयोग पुर्याउने उद्धेश्यले समिति गठन गरिएको संयोजक नमस्कार शाहले बताए ।

तीन दशकभन्दा बढी समय नेपाली लोकसंगीत र सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी बिगत डेढ बर्ष देखि अस्वस्थ छन् । अस्वस्थ भएर नेपालगन्जस्थित आफ्नै घरको ओछ्यानमा परेका निर्मोहीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । सञ्चार र संगीत कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोकगायक निर्मोही अहिले जीवनकै कठिन अवस्थासँग मुकाबिला गरिरहेका छन् ।

लामो समय रेडियो नेपालमा काम गरेका निर्मोही र साँस्कृतिक मेला, महोत्सव यस क्षेत्रका लागि कुनै बेला प्रयायबाची जस्तै थिए ।

रेडियो र स्टेज कार्यक्रममा श्वरको जादु चलाउने उनको आवाज यति बेला लर्बरिरहेको छ । रोगले गर्दा एउटा खुट्टा र हात चलाउन असहज भईरहेको छ । उनी अहिले आफै उठ्न, बस्न नसक्ने अवस्थामा छन् । लोकप्रिय गितहरु गाएर दुनियाँलाई मनोरञ्जन दिने उनी आफु रोगले थला पर्दा गुमनाम हुनुको पीडामा छन्, पीडाले भेट्न जाने शुभचिन्तकसँग बेलाबेला भक्कानिन्छन् ।

उनले सयौं स्टेज कार्यक्रममा उद्घोषण गरेका छन् भने सयौंको संख्यामा लोकगीतहरु गाएका छन् । प्रेसर र सुगर रोगबाट पीडित उनको मिर्गौला फेल भएपछि उनी पूर्णरुपमा अस्वस्थ बने । अहिले उनको भेरी अस्पतालमा उपचार भईरहेको छ । हाल सम्म उनको उपचार परिवारले गरिरहेको भएपनि निरन्तर उपचारका लागि आर्थिक अभाव हुन थालेको उनले बताए ।

डायलाइसिस निःशुल्क भएपनि औषधि लगायतको खर्चका लागि सहयोग आवश्यक रहेको उनले बताए । हप्तामा दुई पटक डायलाइसिस गरिरहेका निर्मोहीको दुबै मृर्गौला फेल भएका कारण नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक छ । जसका लागि मिर्गौला दान गर्ने दाता र आर्थिक सहयोग गर्ने दाताहरुको आवश्यकता परेको उनले बताए ।

प्युठान पुर्खौली घर भई दाङ हुँदै २०३५ साल देखि नेपालगञ्जमा बसोबास गर्दै आएका उनले लामो समय रेडियो नेपाल सुर्खेतमा काम गरे भने नेपालगञ्जका बागेश्वरी, हिमाल, जनआवाज लगायतका एफएम, भिजन, जि नेपाल एचडि टेलिभिजनहरुमा काम गरे ।

दाङमा जन्मिएका निर्मोहीले कोमल ओली लगायतका बरिष्ठ कलाकारहरुसँग बिभिन्न गितहरुमा श्वर दिएका छन् । मोफसलमा रेकर्डिग स्टुडियो नभएको बेला नेपालगञ्जमा वेभ डिजिटल रेकर्डिग स्टुडियो स्थापना गरि यस क्षेत्रका कलाकारहरुलाई सहज बनाएका उनले नेपाल टेलिभिजन कोहलपुरबाट सप्तरंगी संगीत लहर साँगीतिक कार्यक्रम लामो समय सम्म सञ्चालन गरेका थिए ।

उनले स्वर दिएका बबईमा उर्लदै मिल्न आयो खोली गुहार, झन हेर्यो, झन माया लाग्छ कान्छिको मुहार, लाग्यो माया मोहनी, सुर्खेतकी नानी, आउँत भने बाटो छ खोलाको, नआउँ भने त्यो तिम्रो झझल्को लगायतका सयौं गीत चर्चित रहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १० : ३४ बजे

पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीको आज विशेष छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको