१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन



म्याग्दी । म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका-८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ ।

रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका(- मा रहेको दरखोलामा वर्षात्सँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असारदेखि अवरुद्ध भएको थियो ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरबम दरखोलामा बर्खा रोकिएपछि पानीको सतह घटेपछि ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको छ । दरखोलामा मोटरेबल पुल नभएकाले लुलाङ र गुर्जा गाउँ जोड्ने सडकमा बर्खायाममा यातायात अवरुद्ध हुने गरेको छ ।

त्यसैगरी, राहुघाट नदीमा निर्माण भएका चिमखोला(राहुघाट(मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरेर मलाङको पहिरो पन्छाएपछि चिमखोला शुँदै घ्याँसीखर्क जोड्ने सडकमा यातायात सञ्चालन भएको हो ।

म्याग्दीको विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको स्थानीय तहहरूले जनाएका छन् । यातायात सञ्चालन भएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषि र पशुजन्य वस्तु बिक्री गर्न सहज भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ८ : २८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले