१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

एनआईसी एशिया बैंक र खल्तीबीच सहकार्य, खल्ती मार्फत कर्जाको आवेदन दिन सकिने



काठमाडौ । डिजिटल फस्ट बैंक बन्ने अभियानमा लागेको एनआईसी एशिया बैंकले ग्राहकको सुविधाका लागि खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

बैंकले ग्राहकलाई सहजता पुर्याउने उद्देश्यले खल्ती डिजिटल वालेटसँग सहकार्य गरी कर्जाको आवेदन दिन सकिने सुविधा ल्याएको हो ।

बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ ।

साथै वालेटभित्र रहेका यस बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ ।

यस्तै बैंकको मोबाईल बैंकिङ्ग (MO-BANK) सुविधा लिएका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ आश्विन २०७७ सम्म रू. ५० नगद उपहार प्राप्त गर्न सकिने व्यवस्था खल्ती वालेटले गरेको छ ।

खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहको छ ।

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।

आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएस (SMS) बाट जानकारी गराउनेछ र आवेदक स्वयम्ले समेत यस बैंकको वेबसाइट www.nicasiabank.com मा गई Loan Status आफै Track गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ५६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग