९ चैत्र २०८२, सोमबार | March 23, 2026

जेनजी प्रदर्शनको क्रममा फिल्डमा खटिएका इन्चार्जहरूलाई उपत्यका नछाड्न प्रहरी मुख्यालयको निर्देशन



काठमाडौं । प्रहरी मुख्यालयले जेनजी प्रदर्शनको क्रममा फिल्डमा खटिएका इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।

भदौ २३-२४ मा भएको जेन–जी प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र त्यसपछिका घटनाबारे जाँचबुझ सुरु भएपछि

जाँचबुझ आयोगले सोधपुछका लागि कुनै पनि बेला बोलाउन सक्ने भन्दै मुख्यालयले मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्राचार गरी यस्तो व्यवस्था मिलाउन भनेको छ ।

मुख्यालयले पत्रमा उल्लेख गरेअनुसार, सोधपुछका लागि तत्कालीन इन्चार्जहरूलाई बोलाउनुपर्ने सम्भावना रहेकाले उनीहरूलाई उपत्यकाबाहिर नजान सुनिश्चित गर्न निर्देशन दिएको छ ।

जाँचबुझ आयोगले आइतबारदेखि औपचारिक रुपमा बयान र सोधपुछ प्रक्रिया सुरु गरेको छ।

उक्त आन्दोलनका क्रममा भदौ २३ मा प्रहरीले गोली चलाउँदा २२ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  २ : २१ बजे

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले

सुनको मूल्य लगातार घट्दो, सोमबार प्रतितोला ६ हजार ५०० रुपैयाँले कमी

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड