२२ भदौ २०८३, सोमबार | September 7, 2026

बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ



काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका प्रहरी कार्यालय बनेपाबाट फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते उक्त कार्यालयमा भएको तोडफोडका क्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसबेला हिरासतबाट भागेका १२ मध्ये पाँच जनालाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएका पनौती नगरपालिका-४ का २८ वर्षीय सरोज पोडे, सोही मुद्दाका पनौती नपा-९ का ३३ वर्षीय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका-९ का ४६ वर्षीय नरबहादुर लुङ्गेली रहेका छन् । पोडेलाई पनौती नपा-७ बाट, तिमल्सिनालाई पनौती नपा-७ बाट र लुङ्गेलीलाई रोशी-९ बाट पक्राउ गरिएको हो ।

त्यसैगरी, जबर्जस्ती करणीमा मुद्दा चलाइएका खोटाङको जन्तेढुङ्गा गापा-६ का २३ वर्षीय प्रविन मगर र सवारी अङ्गभङ्गमा हिरासतमा रही फरार रहेका रोशी गापा-१ का ३२ वर्षीय भीमबहादुर सुनारलाई पक्राउ गरिएको जनाइएको छ । मगरलाई उनकै घरबाट र सुनारलाई बनेपा नपा-८ बाट पक्राउ गरिएको विष्टले जानकारी दिए । उनीहरूलाई सोमबार पक्राउ गरी पुनः हिरासत पठाइएको र उनीहरूको मुद्दाबारे थप अनुसन्धान भइरहेको बताए ।

यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न सात जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । उनका अनुसार कार्यालयमा छवटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको हो ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो । यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : ३९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा