२१ भदौ २०८३, आइतबार | September 7, 2026

चैनपुर विमानस्थल निर्माण सम्पन्न



बझाङ । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ ।

अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ । विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक-पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए ।

सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन् ।

विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए । दशैँसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ४७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त