१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

चैनपुर विमानस्थल निर्माण सम्पन्न



बझाङ । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ ।

अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ । विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक-पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए ।

सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन् ।

विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए । दशैँसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ४७ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा