२१ भदौ २०८३, आइतबार | September 7, 2026

यती एयरले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानको अनुमति लिँदै



काठमाडौं । यती एयरलाइन्सले अन्तर्राष्ट्रिय क्षेत्रीय उडानका लागि मन्त्रालयसँग अनुमति मागेको छ ।

यती एयरले भारतीय बजारमा उडान भर्ने योजनासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालका अनुसार ०५५ देखि यात्रुलाई सेवा दिँदै आएको यती एयरलाइन्ससँग हाल ७२ सिट क्षमताका ५ एटिआर, ३० सिट क्षमताका ५ जेटस्ट्रिम र भगिनी संस्था तारा एयरसँग ४ वटा ट्वीनवटर विमान गरी १४ विमान सञ्चालनमा छन् ।

‘दुई दशक लामो आन्तरिक उडानपछि भारतका केही क्षेत्रीय बजारमा जान सक्ने गरी कम्पनीले अन्तर्राष्ट्रिय अनुमतिका लागि मन्त्रालयमा अनुमति माग गरेको छ । अबको केही समयमै अनुमति लिएर अन्तर्राष्ट्रिय उडानमा आफ्नो उपस्थिति जनाउने योजना छ’, उनले भने ।

यती एयरले हाल पोखरा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरालगायतमा सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए ।

यती एयरलाइन्सले नेपालगञ्ज र पोखरामा समेत स्थायी विमान राखी नियमित तथा चार्टर उडानमार्फत दुर्गम क्षेत्रको विकासमा योगदान दिँदै आएको सिईओ रिमालको दाबी छ । यसैबीच कम्पनीले आफ्नो २२ औं स्थापना दिवस अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न देशका विभिन्न भागका लागि प्याकेज घोषणा गरेको छ ।

पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ नारा अगाडि सारेको कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेजसमेत अगाडि सारेको सिईओ रिमालले जानकारी दिए । उक्त समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ०७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त