२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु



बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता बुटवलमा शुरु भएको छ । गोर्खा ब्याईज स्पोर्टस क्लबको आयोजनामा मंगलबार भएको उद्घाटन खेलमा झरना स्र्पोटिङ क्लब कुन्जलापुरले एन्फा एकेडेमी रातोलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

एन्फा एकेडेमीको खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा झरनाको जितमा अशोक घर्तीले ३४ र ४० औ मिनेटमा गोल गरे । एन्फाका सन्दिप सेजुवालले २१ औ मिनेटमा गोल गरे । खेलमा झरनाका अशोक घर्ती प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा जनज्योती युवा क्लबले न्यू पिएम सप्लायर्सलाई ३-० गोल अन्तरले पराजित गरेको छ । जनज्योतीको जितमा गगन रजाली, अस्मित शर्मा र विजय सुर्यबंशीले गोल गरे । खेलमा जनज्योतीको गोलकिपर सत्यम श्रेष्ठ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, स्वर्गिय न्यौपानेका बुबा राम प्रसाद न्यौपाने, मुख्य प्रायोजक एबिसि कन्सल्टेन्सीका म्यानेजिङ डाईरेक्टर रोशन कंडेल, क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसी, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै सुभारम्भ गरे ।

प्रतियोगिताको विजेता टिमले नगद ६० हजार रुपैया, कप तथा उपविजेता टिमले नगद ३५ हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका पूर्वअध्यक्ष दीर्घ बहादुर केसीले बताए । प्रतियोगितामा २० टिमले भाग लिएका छन ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : ५४ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर