१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट



लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा ‘एशियन ओरिएन्टल सुपरमार्ट’ खुलेको छ।

लण्डनमा बसोवास गर्ने नेपाली व्यवसायीहरुको लगानीमा प्लमस्टिड हाइ स्ट्रिटमा एशियन ओरिएन्टल सुपरमार्ट खोलिएको हो । उक्त सुपरमार्पेटको समुद्घाटन बेलायती प्रधानमन्त्रीकी पार्लियामेन्टरी प्राइभेट सेक्रेटरी अबेना अपोङ्ग असारेले गरेकी हुन् ।

सुपरमार्टका प्रबन्धक मोहन गुरुङ, सञ्चालक प्रनी गुरुङ, भगवान श्रेष्ठ, सिर्जना श्रेष्ठ,गंगा श्रेष्ठ, रासिका श्रेष्ठ र सर्लिन श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर सुपरमार्ट उद्घाटन गरेका थिए।

एशियन ओरिएन्टल सुपरमार्टमा विशेषगरी चिनियाँ, जापानी, कोरियन,थाइ,फिलिपिनो,भियतनामी,नेपाली,भारतीय, बंगलादेशी तथा अफ्रिकी समुदायका लागि आवश्यक ग्रोसरी सामग्रीहरू उपलब्ध छन्।

साथै अफ–लाइसेन्स सामग्री, मासुजन्य पदार्थ,फ्रोजन फुड,ताजा फलफूल,दूध तथा तरकारीहरू पनि सुपथ मूल्यमा उपलब्ध गराइने जनाइएको छ।

Screenshot

मार्ट उद्घाटनपछि सांसद असारेले प्लमस्टिड क्षेत्रमा एशियन ओरिएन्टल सुपरमार्ट सञ्चालनमा आउनु स्थानीय समुदायका लागि उपयोगी र स्वागतयोग्य रहेको बताइन्। एशियन सुपरमार्टले स्थानीय समुदायको दैनिकीलाई थप सहज बनाउने विश्वास उनले व्यक्त गरिन्।

सो अवसरमा स्थानीय ग्रीनवीच रोयल बरोका पूर्व मेयर काउन्सिलर जीत रानाभाटले एशियन ओरिएन्टल संचालनमा आएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिए। उनले एशियन सामग्री खरिदका लागि स्थानीय समुदायलाई सहज हुने विश्वास व्यक्त गरे ।

सुपरमार्टका तर्फबाट प्रबन्धक तथा स्थानीय समाजसेवी मोहन गुरुङले प्रमुख अतिथि,विशेष अतिथि तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए। उद्घाटन समारोहमा साउथ इष्ट रिजनल तमुधिंका अध्यक्ष शिवराम गुरुङसहितको टिम,पासा पुचः गुथी यूके अध्यक्ष सुशील प्रजापति,क्याटरिङ व्यवसायी श्याम शेरचनसहित स्थानीय नेपाली समुदायका प्रतिनिधि,सामाजिक अगुवा तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो।

एशियन ओरिएन्टल सुपरमार्टका प्रबन्धक मोहन गुरुङले उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण अतिथि,समुदायका प्रतिनिधि तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेका थिए।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १० : १० बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई