१ आश्विन २०८३, बिहिबार | September 17, 2026

राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकले खुला बजार कारोबारअन्तर्गत एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र-२०८३ ‘क’ उपकरण निष्कासन गर्न लागेको हो। यसका लागि बोलकबोल प्रक्रिया सोमबार पुस १४ गते मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ। यसको सावाँ २०८३ पुस १४ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म, ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा समावेश हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइने छैन। तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने उक्त रकम गणना गर्न सकिनेछ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ११ : ३४ बजे

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई