१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति



काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी पार्टी एकता गर्ने सहमति भएको छ । घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयतामा रहने गरि सहमति भएको हो ।

घिसिङको सचिवालयका अनुसार १६ प्रतिशत बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच सहमति भएको हो ।

पार्टी सभापतिमा लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको छ । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग सोमबार काठमाडौंमा पछिल्लो छलफलबाट उनहिरुबीच सहमति जुटेको हो ।

एकता र सहमतिको ड्राफ्ट तयार हुँदै गरेको र आजै सहमतिपत्रमा हस्ताक्षर हुने स्रोतहरुले दाबी गरेका छन् । जेनजी आन्दोलनपछि उदाएका सुदन गुरुङले आजै अपरान्ह सामाजिक सञ्जालमा रवि र कुलमानको फोटो पोष्ट गर्दै मिलाएरै छाडेको दाबी गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : १२ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक