काठमाडौं । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ (तिब्बत) स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङ सीहोङबीच मङ्गलबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरूले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भोटेकोसीको मितेरी पुल निर्माण सकेर भोलिदेखि रसुवा नाका सञ्चालन हुन लागेमा खुशी प्रकट गर्दै यसबाट नेपाल-चीन सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको महावाणिज्य दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
साथै उनीहरूबीच दुई देशबीचका सबै सीमानाकालाई व्यवस्थित गर्ने, नाकामा हुने आयातनिर्यात र मानव आवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था बलियो बनाउने भएको छ ।




















प्रतिक्रिया