२१ असार २०८३, आइतबार | July 5, 2026

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई



विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब कुनै पनि बहानामा चुनाव रोक्ने वा सार्ने विकल्प नरहेको उनको भनाइ छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुन लागेकाले निर्वाचनबाट पछि हट्ने अवस्था नरहेको स्पष्ट पारे।

फागुन २१ गते तराई क्षेत्रमा होली तथा हिमाली जिल्लामा सम्भावित हिमपातजस्ता व्यावहारिक कठिनाइ रहेको स्वीकार गर्दै उनले निर्वाचनलाई आवश्यक परे चरणबद्ध रूपमा सञ्चालन गर्न सकिने सुझाव दिए। “काठमाडौं उपत्यकाजस्ता सहज क्षेत्रमा पहिलो चरणमा र मौसम प्रतिकूल हुने हिमाली तथा तराईका जिल्लामा दोस्रो वा तेस्रो चरणमा गरेर भए पनि फागुनमै चुनाव हुनुपर्छ”, उनले भने ।

देशलाई लामो समयसम्म सङ्क्रमणकालमा राख्दा संविधान र लोकतन्त्रमाथि नै सङ्कट आउन सक्ने चेतावनी दिँदै भट्टराईले संसदीय प्रणालीलाई जीवित राख्न निर्वाचन नै एकमात्र विकल्प रहेको उल्लेख गरे । “सङ्क्रमणकाल लम्बिँदा लोकतन्त्रविरुद्ध षड्यन्त्र हुनसक्छ, त्यसैले समयमै निर्वाचन अपरिहार्य छ”, उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : १० बजे

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

नारायणघाट-बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक