९ भदौ २०८३, मंगलबार | August 25, 2026

थारू समुदायको संस्कृति सङ्कटमा परेकामा चिन्ता



चितवन । राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् ।

लेखक निलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताइन । संस्कृति विखण्डन हुँदा साहित्यमा समेत प्रभाव पर्ने उनको भनाइ छ । दुवैको रक्षा गर्नु साहित्यकारसँगै आमनागरिकको महत्त्वपूर्ण भूमिका रहने उनले बताइन। साहित्य संस्कृतिसँग जोडिएको हुने जनाउँदै उनले संस्कृति नबुझी साहित्य लेख्न नसकिने बताइन । उनले इतिहासप्रति रुचि नहुँदा दुःख लागेको बताइन । आदिवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको बताउँदै उनले थारू समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताइन ।

चितवनको इतिहासका बारेमा अध्ययता प्रो डा थोमस रमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपूरो हुने बताए । सबै समाजको इतिहास हुन्छ नै भन्दै उनले अहिले त्यसको अध्ययन हुन जरुरी छ भने । चितवनका थारूहरूले वन, नदी र हावासँगको इतिहास बोकेको भन्दै उनले यो जनतासमक्ष पुर्याउन जरुरी रहेको भनाइ राखे ।

थारू समुदायको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको उनले बताए। थारूका स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्न सकिएमात्रै पनि इतिहास संरक्षण हुनसक्ने उनको भनाइ छ ।

सो अवसरमा विज्ञ डा सञ्जय महतोले थारू समुदाय ज्ञान र सीपमा धनी भए पनि मौलिकता संङ्टमा परेकामा चिन्ता व्यक्त गरे । विद्यमान थारू संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दू संस्कृति भएको जनाउँदै उनले जङ्गल, खोला, माटो तथा कृषि औजार पुज्ने थारूको परम्परा भएको बताए ।

कार्यक्रममा लेखक समीक्षक कृष्णहरि सर्वहारीले कार्यपत्र प्रस्तुत गरेका थिए। कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयतित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको बताए। पहिचान सबैभन्दा ठूलो कुरा भएको बताउँदै पहिचान संरक्षणमा सबै लाग्न जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ४८ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन