४ माघ २०८२, आइतबार | January 18, 2026

रुपन्देहीमा तन्त्र तथा ज्योतिषसम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सम्पन्न



बुटवल । तन्त्र र ज्योतिष सम्बन्धी समग्र ज्ञान तथा व्यवहारिक जानकारी प्रदान गर्ने उद्देश्यसहित रुपन्देहीमा प्रशिक्षणात्मक गोष्ठी सम्पन्न भएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा तन्त्र तथा ज्योतिष प्रशिक्षणात्मक गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीको उद्घाटन एक समारोहबीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले गरेका थिए । उद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री ढकालले ज्योतिष विधामा एकरूपता आवश्यक रहेको उल्लेख गर्दै यसको सही र जिम्मेवार प्रयोगमार्फत जीवनलाई सकारात्मक र सार्थक बनाउन सकिने बताए ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले समितिले सम्पूर्ण संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन हुने गरी कार्यसम्पादन गर्दै आएको जानकारी गराए । उनले पञ्चाङ्ग, ज्योतिष र संस्कृतिको वैज्ञानिक र व्यावहारिक पक्षलाई समेटेर अगाडि बढ्ने प्रयास भइरहेको बताए ।

कार्यक्रमका अध्यक्ष तथा दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय एवं अन्तर्राष्ट्रिय सदस्य तथा कार्यक्रम संयोजक कान्छो ज्योतिष चुडामणि पाण्डेले शास्त्रीय, व्यवहारिक र जिम्मेवार ढंगले तन्त्र र ज्योतिषको सही प्रयोगबारे प्रशिक्षण सञ्चालन गरिएको बताए । उनले ज्योतिष र तन्त्रसम्बन्धी उठाइने विविध प्रश्नहरूको समाधान गर्ने उद्देश्यले पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । समाज र दैनिक जीवनमा तन्त्र तथा ज्योतिषको आवश्यकता, सामाजिक महत्व र यसको सकारात्मक उपयोगबारे सहभागीहरूले लाभ लिएको उनको भनाइ थियो ।

करिब २०० जनाको सहभागिता रहेको सो गोष्ठीमा निःशुल्क सहभागिताको व्यवस्था गरिएको थियो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरी, नेपाल संस्कृति विश्वविद्यालयका प्रा. डा. अर्जुन भट्टराई, प्रा. डा. माधवप्रसाद लामिछाने तथा उपप्राध्यापक नारायणप्रसाद भण्डारीले आ–आफ्नो विषयमा प्रशिक्षण प्रदान गरेका थिए । प्रा. डा. भट्टराईले प्रेम विवाह र सम्बन्धविच्छेदसम्बन्धी ज्योतिषीय समाधान, प्रा. डा. लामिछानेले नेपाली परिवेशमा तन्त्रको प्रयोग र उपयोगिता तथा उपप्राध्यापक भण्डारीले राशिफल लेखनबारे प्रशिक्षण दिएका थिए ।

दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका महासचिव अनुप पौडेलले ज्योतिषसम्बन्धी भ्रम, अर्धज्ञान र अव्यवस्थित प्रयोगका कारण समाजमा बनेका नकारात्मक धारणालाई चिर्न यो गोष्ठी प्रभावकारी सावित भएको दाबी गरे ।

ज्योतिष ज्ञानेन्द्र पाण्डेले ज्योतिषसम्बन्धी जिज्ञासाहरूको निराकरण गर्दै भविष्यवाणीमा एकरूपता ल्याउन यस्ता गोष्ठीहरू कोशेढुंगा सावित हुने बताए । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गजल पाण्डेका अनुसार गोष्ठीमा देशभरबाट २०० भन्दा बढी ज्योतिष, तन्त्रविद् तथा जिज्ञासुहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ८ : २४ बजे

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं। विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

गगन थापा नेतृत्वलाई वैधता नदिन माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन

सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा