२ बैशाख २०८३, बुधबार | April 15, 2026

दर्जनभन्दा बढी सडक अझै अवरुद्ध



काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ । सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ ।पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो ।

सडक विभागका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गतको पिपलडाँडामा सडक अवरोध जारी रहेको छ । यस्तै, कान्तिपथअन्तर्गत भालुखोला, छपेलीमा पनि सडक अवरुद्ध भएको छ । बेनी जोमसोम कोरोला सडक अन्तर्गत काभ्रे र रुप्सेमा सडक अवरुद्ध छ । बेंसीसहर चामे सडकअन्तर्गत घोप्टे खोलामा पनि सडक अवरुद्ध भएको छ ।

सडक विभागले साँफेबगर–मार्तडी सडकअन्तर्गत बलेना–जडंगामा बेली ब्रिजमा क्षति पु¥याउँदा सडक अवरुद्ध भएको जनाएको छ । सोही सडकखण्डको बूढीगंगास्थित आरसीसी ब्रिज पनि भत्काइदिएको छ भने बाजुरास्थित बलेनामा पनि सडक अवरुद्ध छ ।

सडक विभागले भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षति पुगेर अवरुद्ध हुन पुगेका राष्ट्रिय राजमार्गअन्तर्गत ९८ स्थानमा आंशिक तथा एकतर्फी सवारी आवतजावत सुरु भएको जनाएको छ ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले क्षति पुगेका विभिन्न ठाउँमा सडक खुलाउन पहल जारी रहेको र झन्डै सय स्थानमा आंशिक तथा एकतर्फी रूपमा सडक खुलाइएको जनाएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : १८ बजे

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक