१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

दर्जनभन्दा बढी सडक अझै अवरुद्ध



काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ । सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।

पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ ।पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो ।

सडक विभागका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गतको पिपलडाँडामा सडक अवरोध जारी रहेको छ । यस्तै, कान्तिपथअन्तर्गत भालुखोला, छपेलीमा पनि सडक अवरुद्ध भएको छ । बेनी जोमसोम कोरोला सडक अन्तर्गत काभ्रे र रुप्सेमा सडक अवरुद्ध छ । बेंसीसहर चामे सडकअन्तर्गत घोप्टे खोलामा पनि सडक अवरुद्ध भएको छ ।

सडक विभागले साँफेबगर–मार्तडी सडकअन्तर्गत बलेना–जडंगामा बेली ब्रिजमा क्षति पु¥याउँदा सडक अवरुद्ध भएको जनाएको छ । सोही सडकखण्डको बूढीगंगास्थित आरसीसी ब्रिज पनि भत्काइदिएको छ भने बाजुरास्थित बलेनामा पनि सडक अवरुद्ध छ ।

सडक विभागले भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षति पुगेर अवरुद्ध हुन पुगेका राष्ट्रिय राजमार्गअन्तर्गत ९८ स्थानमा आंशिक तथा एकतर्फी सवारी आवतजावत सुरु भएको जनाएको छ ।

विभागका प्रवक्ता शिवहरि सापकोटाले क्षति पुगेका विभिन्न ठाउँमा सडक खुलाउन पहल जारी रहेको र झन्डै सय स्थानमा आंशिक तथा एकतर्फी रूपमा सडक खुलाइएको जनाएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : १८ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न