२ बैशाख २०८३, बुधबार | April 15, 2026

महामारीमा विकास निर्माणका काम धमाधम



काठमाडौं । सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन् । भूकम्पपछिको भौतिक संरचना, सम्पदा पुनर्निर्माण तथा सडक पूर्वाधारस“गै विमानस्थल निर्माण कार्यले पनि गति लिएको छ ।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ भने ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माण तयारी सुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराईले टर्मिनल भवनको नयााँ डिजाइनसमेत सार्वजनिक गरेका छन् । दोस्रो टर्मिनल भवनको अब ठेक्का प्रक्रियासँगै निर्माण कार्य सुरु हुनेछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि आगामी वर्ष तयारी अवस्थामा रहने गरी निर्माण कार्य भइरहेको छ । कुनै रोकतोक नभएमा आगामी वर्ष विमानस्थल तयारी अवस्थामा रहनेछ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् भने एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ  । विमानस्थलमा १४ भवन संरचना बनेर फिनिसिङको चरणमा पुगेका छन् ।

केही समयअघि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले निर्माणाधीन विमानस्थलको अवलोकन तथा अनुगमन गरेका थिए । सो क्रमा उनले राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका थिए । राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने यो विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ ।

सन् २०२१ को जुलाईसम्ममा सक्ने योजनासहित ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले काम गरिरहेको छ । विमास्थल निर्माण कार्य कोरोना महामारीकैबीचमा पनि सुचारु राखिँदै आएको छ । २०३२ सालमै ३ हजार १ सय ५० रोपनी अधिग्रहण गरिएको जग्गा विस्तार गर्दै २०७३ साउनबाट राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुरु भएको हो ।

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विभिन्न कार्य रोकिँदै आए पनि भौतिक पूर्वाधार तथा विकासका काम सुचारु राखिँदै आएका छन् ।

यस बीचमा पनि सीमित जनशक्ति र स्वास्थ्य सावधानी अपनाउँदै काम भइरहेको मन्त्रालयका अधिकारीले जनाएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : ५० बजे

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौं । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको अनुहार, शरीर सबै

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख