५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : पञ्जावमाथि राजस्थानको रोमाञ्चक जित



काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ ।

आइतबार सम्पन्न खेलमा राजस्थानले किङ्स इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो ।

२ सय २४ रनको विशाल लक्ष्य पाएको राजस्थानले ३ बल बाँकी रहँदा लक्ष्य भेट्टाएको थियो । राजस्थानकाे जितमा सञ्जु सामसनले ८५, राहुल तेवाटियाले ५३, स्टेभन स्मिथले ५० तथा जोफ्रा आर्चरले रनको पारी खेले ।

१८ बलमा ५१ रन चाँहिएको अवस्थामा पञ्जावका शेल्डोन कोटरेलको ओभरमा तेवाटियाले पाँच छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको राजस्थानले २ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । पहिलो विकेटका लागि मयंक अग्रवाल र केएल राहुलले १ सय ८३ रनको साझेदारी गरेपछि विशाल रन बनाएको थियो ।

अग्रवालले ५४ बलमा ७ छक्का र १० चौकाको मद्धतमा १ सय ६ रनको शतकीय पारी खेले । यसैगरी, केएल राहुलले ६९ तथा निकोलास पूरन र ग्लेन म्याक्सवेलले नटआउट २५ र १३ रनको योगदान दिए । राजस्थानका अंकित राजपुत र टोम कुरानले एक-एक विकेट लिए ।

जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ४ अंक जोडेको दिल्ली क्यापिटल्स रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । यसैगरी, दुई अंकसहित पञ्जाव, मुम्बइ इन्डियन्स, कोलकात्ता नाइट राइडर्स, चेन्नइ सुपर किङ्स र रोयल च्यालेञ्जर्स बेङ्गलोर क्रमशः तेस्रो, चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा रहेका छन् भने जितविहीन सनराइजर्स हैदरावाद पछारमा रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ५३ बजे

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग

बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा

होटल ब्यवसायीको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष