५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : सुपर ओभरमा बैंगलोरको दोस्रो जित



काठमाडौं । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो जित हात पारेको छ ।

दुबईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित हात पारेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षतिमा ११ रन बनायो । सुपर ओभरअघि मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए ।

कप्तान रोहित शर्मा ८ रनमा आउट हुँदा हार्दिक पाण्डयले १४ र क्विनटन डी कक १४ रनमा आउट भए । बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १, १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्स, देवदत्त पाडीक्कल र आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले ।

डी भिलियर्सले अविजित रहदै ५५ अर्धशतकीय इनिङ्स खेले । त्यस्तै पाडीक्कलले ५४ रन जोड्दा फिन्चले ५२ रन बनाए । शिबम डुबे २७ रनमा अविजित रहे । कप्तान विराट कोहली ३ रनमा आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए । यो जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो ।

दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो । मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा मात्र २ अंक जोडेको छ ।

पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : १६ बजे

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग

बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा

होटल ब्यवसायीको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष