४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालगञ्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने



नेपालगन्ज । नेपालगञ्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । “नौकाविहार, चमेनागृह र माछापालनका लागि ठेक्कासमेत भइसकेकाले केही दिनभित्र सञ्चालनमा आउने छ”, उनले भने।

तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक फूलवारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण भएका छन् ।

यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । २०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलिएको थियो । जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ ।

जग्गा अधिग्रहण गरिएकालाई अहिले अस्थायी जग्गाधनी पूर्जा वितरण भइरहेको छ । “यो योजनाको अनुमानित लागत ७० करोड हो । अबको दुई वर्षभित्र पार्क क्षेत्रको निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले भने ।

पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ । निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ ।

प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणसमेत एकमत छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको