१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य



काठमाडौं । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ ।

व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् । एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैंनजिक आउन थालेपछि व्यापारीले प्रतिकेजी १० रुपैयाँ २० रुपैयाँ बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी निकायको बजार अनुगमन सयन्त्र कमजोर हुँदा व्यापारीले त्यसको फाइदा लिएको बताए । उनले दसैं नजिकिन थालेपछि व्यापारीले उपभोक्तालाई हेरेर मनपरी मूल्य लिने गरेको बताए ।

दैनिक उपभोग्य खाद्य वस्तु दाल गुडागुडी खाने तेल हरियो तरकारीमा अत्यधिक मूल्य बढाएर व्यापारीले उपभोक्तालाई ठग्ने काम भइरहेको छ । अध्यक्ष तिमल्सिनाले भने, ‘हप्ता दिनअघि भन्दा खाने तेल प्रतिलिटर २० रुपैयाँ महँगो भएको छ । सबै दाल गुडागुडीमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढेको छ । हरियो तरकारीमा प्रतिकेजी दोब्बर रुपैयाँ बढी लिइरहेका छन् ।

उनले भने,‘तर सरकारी अनुगमन निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले भने बजारमा बढेको अस्वाभाविक मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको पाइँदैन । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलको मूल्य बढेको बताए । उनले अन्य दाल गुडागुडीको मूल्यमा केही तलमाथि भएपनि नबढेको बताए ।

उनले खाने तेलमा भने प्रतिपोका तेलमा १५ देखि २० रुपैयाँसम्म बढेको जानकारी दिए । उनले भने,‘अहिले खाने तेलको मूल्य बढाउनु कारण नभए पनि ठूला व्यापारीले दसैं नजिकिन थालेपछि विभिन्न वहाना बनाउन थालेका छन् । हप्ता दिनको भन्दा अहिले थोक व्यापारीले खुद्रा व्यापारीलाई प्रतिपोका तेलमा १० देखि १० रुपैयाँ बढी लिने गरेका छन् ।

उनले भने, ‘ठूला थोक व्यापारीले नै खुद्रा व्यापारीलाई तेलमा बढी मूल्य लिन थालेपछि खुद्रामा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको हो ।’ अन्तर्राष्ट्रिय बजारमा डरलको मूल्य पनि बढेको छैन । डरलको मूल्य घट्दै गएको छ, । ‘त्यो हिसाबले तेलको मूल्य घट्नुपर्ने हो तर ठूला व्यापारीले एक्कासि खाने तेलमा मूल्य बढाएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : ११ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न