३ चैत्र २०८२, मंगलबार | March 17, 2026

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सिपीसीको अन्तरराष्ट्रिय विभागले पठाएको उक्त बधाई सन्देशमा दुई पार्टीबीचको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा हुने सहकार्यबाट सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।

रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले पार्टीलाई प्राप्त पत्रबारे जानकारी दिएका हुन् ।

उनका अनुसार पत्रमार्फत सिपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरिएको छ ।

सो पत्रमा दुई देशबीचको राजनीतिक आपसी विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।

सिपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य गर्न तत्परता देखाएकोे रास्वपाका नेता खनालले जानकारी दिए ।

रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ९ : २६ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड