११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन् ।

आज बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठक लगत्तै बसेको संसदीय दलको बैठकले सो निर्णयलाई अनुमोदन गरेको थियो । सभापति रवि लामिछानेले बालेन्द्रलाई दलको नेता बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

संसदीय दलको बैठकले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरुलाई दिने निर्णय गरेको छ । बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरु, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बैठकले जानकारी दिइन ।

सभापति लामिछाने, दलका नेता बालेन्द्रसहित शिर्ष नेताहरुले आज रातिसम्म मन्त्रीहरुको टुंगो लगाउने बताएका छन् । भोलि बालेन्द्र शाहले प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको शपथ लिँदैछन् । भोलि नै सबै मन्त्रीले समेत शपथ लिने तयारी रास्वपाले गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ७ : ४१ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा