११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै मोदीले शाहले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेको अवसरमा शुभकामना व्यक्त गरेका हुन्।

मोदीले शाहको नियुक्तिले नेपाली जनताले नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितका लागि मिलेर काम गर्न आफू तत्पर रहेको पनि बताएका छन्।

सन्देशमा मोदीले भनेका छन्, “नेपालको प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई। यहाँको नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको साझा हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।”

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ४१ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र