२५ चैत्र २०८२, बुधबार | April 8, 2026

बैंक तथा वित्तीय संस्थाहरू पनि शनिबार र आइतबार बन्द हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको छ।

राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार सरकारको निर्णय बमोजिम अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यो व्यवस्था आजैदेखि लागू हुने जनाइएको छ।

वसअघि सरकारले सरकारी कार्यालयहरु तथा शिक्षण संस्थाहरु शनिबार र आइतबार बन्द गर्ने घोषणा गरेको थियो ।

नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाको दैनिक कार्यालय समय पनि परिवर्तन गरिएको छ।

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय संचालन हुनेछन् भने दैनिक कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध गराइनेछ।

केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले आ–आफ्ना संस्थाभित्र नयाँ समय तालिका लागू गर्ने तयारी थालेका छन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १२ : ०३ बजे

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान