२० भदौ २०८३, शनिबार | September 5, 2026

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने, इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव



काठमाडौं । अमेरिका र इरानबीच इस्लामाबादमा औपचारिक वार्ता हुने भएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार उक्त वार्ता तेहरानले अघि सारेको १० बुँदे प्रस्तावमा आधारित हुनेछ ।

इरानले प्रस्तुत गरेको प्रस्तावमा होर्मुज जलडमरुमा आफ्नो नियन्त्रण कायम रहने तथा इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाइनुपर्ने मुख्य माग समावेश छन् । दुई साताको युद्धविराममा सहमति भएसँगै दुवै पक्ष शुक्रबार वार्तामा बस्न सहमत भएका हुन् ।

बुधबार जारी विज्ञप्तिअनुसार डोनाल्ड ट्रम्पले इरानका पूर्वाधारमा आक्रमण गर्ने चेतावनी फिर्ता लिँदै दुई सातासम्म आक्रमण स्थगित गर्न सहमति जनाएका छन् । उनले होर्मुज जलडमरु पूर्ण रूपमा सुरक्षित र खुला राख्ने सर्तमा मात्रै युद्धविराम कार्यान्वयन हुने स्पष्ट पारेका छन् ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले गरेको आक्रमणको प्रत्युत्तरमा इरानले उक्त जलमार्गमा आंशिक नाकाबन्दी लगाएको थियो । यसका कारण विश्व बजारमा इन्धन अभाव हुनुका साथै तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो । इरानको कदमपछि हिजबुल्लाह र हुथी विद्रोहीसमेत द्वन्द्वमा सक्रिय भएपछि क्षेत्रीय तनाव थप चर्किएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानको १० बुँदे प्रस्तावलाई वार्ताका लागि “व्यवहारिक आधार” भन्दै अधिकांश विवादित विषयमा सहमति नजिक पुगेको दाबी गरेका छन् । उनले आगामी दुई साताभित्र सम्झौतालाई अन्तिम रूप दिने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच अब्बास अराघचीले इरान तत्कालका लागि युद्धविराम कायम राख्दै कूटनीतिक संवादमा सहभागी हुन तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : ०२ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार