२० भदौ २०८३, शनिबार | September 5, 2026

मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि …..



काठमाडौँ । ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् । श्रीमान्ले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए ।

परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो । खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो । सुन्दा एउटा चलचित्रको कहानी जस्तै लाग्ने यो घटना सोमबार साँझको हो ।

समयमा सूचना प्राप्त हुँदा महिलाको अकालमा मृत्यु हुनबाट जोगिएको छ । ती महिलाले मर्न लागेको भनेर परिवारमा भिडियोकल गरेपछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले भने, “क्विक रेस्पोन्स (छिटो प्रतिक्रिया) हुँदा महिलाको सकुशल उद्धार सफल भएको हो, हाम्रो टोलीले भेट्टा उनी डोरी बोकेर जङ्गल जाँदै थिइन्, मोबाइल लोकेसन पच्छ्याउँदै जाँदा फेला परिन् ।” उनले पारिवारिक कलहका कारण उक्त घटना भएको बताए ।

परिसरले आज एक सूचना जारी गरी भनेको छ, “ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा फोनमार्फत जानकारी गराएकामा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त चापागाउँ ललितपुरबाट प्रनाउ थापाको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा महिलालाई सुनाकोठीको जङ्गलबाट सकुशल उद्धार गरी निजको अफन्तको जिम्मा लगाएको छ ।”

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : ०२ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार