३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने



काठमाडौं । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ ।

विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा चौबिसै घण्टा सक्रिय रहने जानकारी दिए ।

“तीन दिन सम्मको नियमित मौसम पूर्वानुमान दैनिक बिहान ८ः०० र साँझ ६ः०० बजे सार्वजनिक गरिनेछ भने विशेष अवस्थाहरूमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिनेछ,” उनले भने, “भारी वर्षा, मेघगर्जन, चट्याङ, हिमपातजस्ता जोखिमपूर्ण मौसम अवस्थाबारे समयमै जानकारी दिन रङ्ग सूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने छ ।

श्रेष्ठका अनुसार देशभरका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वास्तविक समयमा विभागको ‘वेबसाइट’मार्फत सार्वजनिक गरिनेछ । बाढी जोखिम न्यूनीकरणका लागि प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीमा तीन दिनअगावै बाढी पूर्वानुमान गरिने विभागले जनाएको छ । स–साना नदीमा हुने आकस्मिक बाढीको दुईदेखि ६ घण्टा अगावै सूचना दिने व्यवस्था मिलाइएको र देशव्यापी ठूलो बाढीको सम्भावना भएमा पाँच दिनअगावै पूर्वानुमान जारी गरिने विभागको तयारी छ ।

“जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय तहसम्म पूर्वसूचना पु(याउन एसएमएस प्रणालीलाई अझ सुदृढ बनाइएको छ । नेपाल टेलिकम र एनसेलमार्फत बाढी प्रभावित क्षेत्रका सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई निःशुल्क सन्देश पठाइनेछ,” श्रेष्ठले भने, “विभागले ११५५ नम्बरको टोल–फ्री सेवामार्फत बाढी ९११५५–२० र मौसम ९११५५–१० सम्बन्धी जानकारी मनसुन अवधिभर चौबिसै घण्टा उपलब्ध गराउने जनाएको छ । साथै, आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल (एक्स र फेसबुक) र इमेलमार्फत पनि बुलेटिन तथा चेतावनी नियमित रूपमा सार्वजनिक गरिनेछ ।”

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई प्राथमिक रूपमा जानकारी गराइने व्यवस्था गरिएको विभागले जनाएको छ । विशेष परिस्थितिमा प्रेस विज्ञप्ति जारी गरी सर्वसाधारणलाई सचेत गराइने विभागको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : २२ बजे

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क

रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेललाई

बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली