४ कार्तिक २०८३, बुधबार | October 21, 2026

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली



काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला पारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद गरिएको जानकारी दिए । उनले पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको बताए ।

उनका अनुसार बरामद पेस्तोल टाइप-५४ को रहेको र साथमा सोही पेस्तोलको ७ थान म्यागजिन पनि भेटिएको हो । एकै स्थानमा ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने प्रारमभीक आशंका गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि