१६ भदौ २०८३, मंगलबार | September 1, 2026

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली



काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला पारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद गरिएको जानकारी दिए । उनले पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको बताए ।

उनका अनुसार बरामद पेस्तोल टाइप-५४ को रहेको र साथमा सोही पेस्तोलको ७ थान म्यागजिन पनि भेटिएको हो । एकै स्थानमा ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने प्रारमभीक आशंका गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३५ बजे

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र