२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा सोही अस्पतालमा कार्यरत ११ औं तहका मेडिकल अधिकृत डा. विष्णु गौतमलाई नियुक्त गरिएको छ । अस्पतालका मेसु डां इन्द्र ढकालको संघीय सरकारको निर्णय बमोजीम काज फिर्ता भएपछि गौतमलाई प्रदेश सरकारबाट लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा नियुक्त गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई अर्को व्यवस्था नभएसम्मका लागि मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री खेम सारुले मन्त्रिपरिषदबाट अन्तरिम अवधिका लागि डा. गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिए।

डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन् । उनले लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए ।

काज फिर्ता भएका डा. ढकाल गजेन्द्र नारायण अस्पतालमा दरबन्दी रहेर लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा दिँदै आएका थिए । उनको काज फिर्ता भएसागै लुम्बिनीमा मेसुको पद रिक्त भएको थियो ।

लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १० : ४० बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै