१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा निर्माण गरिएका अव्यवस्थित बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ ।

यसअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित थापाथली क्षेत्रको बस्ती खाली गराइएको छ भने वडा नं. ९ को गैरीगाउँ र वडा नं. ३१ को शान्तिनगरमा बस्ती हटाउने कार्य जारी रहेको छ ।

यस्तै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू पनि खाली गराउने तयारी गरिएको छ ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति ले २०७९ सालमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनार क्षेत्रमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा बसोबास गर्दै आएका छन् । तीमध्ये काठमाडौं महानगरभित्र २ हजार २४५, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरमा १७ तथा भक्तपुर नगरपालिकामा ७७३ घरधुरी रहेका छन् । पछिल्ला तीन वर्षमा संख्या बढेको हुन सक्ने अनुमानसहित उपत्यकामा करिब चार हजार अव्यवस्थित बसोबासी रहेको आँकलन गरिएको छ ।

बस्ती हटाउने क्रममा नेपाल प्रहरी तथा महानगरका सुरक्षाकर्मीहरूले स्थानीयलाई सामान संकलन र ढुवानीमा सहयोग गरेका छन् । स्थानीय बासिन्दाले समेत सहयोग गरेपछि थापाथलीमा बस्ती शान्तिपूर्ण रूपमा खाली गरिएको जनाइएको छ ।

हालसम्म थापाथली क्षेत्रका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य प्रभावित क्षेत्रबाट पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशाला मा राखेर विवरण संकलन गरिँदैछ र त्यसपछि काठमाडौंका विभिन्न होटलहरूमा अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरिएको छ ।

यसैबीच घरायसी सामानहरू राधास्वामी सत्संग ब्यास नेपाल मा सुरक्षित रूपमा भण्डारण गरिएको छ । होटलमा राखिएका परिवारहरूको पहिचान गरी वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने प्रक्रिया भोलिबाट सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं. १ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गर्ने योजना रहेको छ ।

सरकारले यस अभियानसँगै दीर्घकालीन पुनःस्थापना तथा व्यवस्थापनको काम पनि अगाडि बढाउने जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ६ : २८ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम