१४ असार २०८३, आइतबार | June 28, 2026

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै



बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक तिनाउ खोला मा ३.४४ मेगावाट क्षमताको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । करिब ७० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजना १५ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले नमः बुद्ध हाइड्रो प्रालि मार्फत आयोजनाको काम अघि बढाइने जानकारी दिएको हो । आयोजनाका लागि लुम्बिनी विकास बैंक सँग लगानी सम्झौता भइसकेको र स्रोत सुनिश्चितता पनि पूरा भएको बताइएको छ ।

भिजन ग्रुप अफ कम्पनीका अध्यक्ष जगतबहादुर पोख्रेल ले सामूहिक लगानीलाई समृद्धिको आधार मान्दै स्थानीय सहभागितासहित आयोजना अघि बढाइएको बताए । उनका अनुसार बैंक र कम्पनीबीच ५०-५० प्रतिशत लगानी रहनेछ।
पोख्रेलले पाल्पा र रुपन्देहीका स्थानीय बासिन्दालाई आयोजनामा लगानी गर्न आग्रह गर्दै यसलाई क्षेत्रीय विकाससँग जोडिएको अवसरका रूपमा व्याख्या गरे । उनले कम्पनीले यसअघि विभिन्न १२ वटा आयोजना सफलतापूर्वक सम्पन्न गरिसकेको पनि बताए ।

हाल कम्पनीको लगानी करिब १४ करोड रुपैयाँ रहेको छ । आगामी दिनमा राइट सेयर र आईपीओ जारी गर्ने तयारी भइरहेको र त्यसपछि कम्पनीको पूँजी ५१ करोड रुपैयाँ पुग्ने लक्ष्य राखिएको छ । आयोजनाको प्राविधिक, वातावरणीय तथा अन्य आवश्यक अध्ययन सम्पन्न भइसकेको र अब निर्माणको शिलान्यास मात्रै बाँकी रहेको जनाइएको छ ।

भिजनले यसअघि पोखरामा सेती नदीमा २५ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ भने बज्रमादी (३१ मेगावाट) र चमेलिया (२० मेगावाट) लगायतका ठूला परियोजनामा पनि लगानी गर्दै आएको छ । कम्पनीका बोर्ड सदस्य राजीव गौतम ले महाकाली र कर्णाली क्षेत्रमा पनि थप ठूला आयोजना अघि बढाउने योजना रहेको बताए ।

साना लगानीकर्तालाई जोडेर स्थापना गरिएको भिजन लुम्बिनीले हाल जलविद्युतसँगै हस्पिटालिटी, कृषि, शिक्षा, बीमा, वित्त, रियल स्टेट र सूचना प्रविधि क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । २०७३ सालदेखि सञ्चालनमा आएको कम्पनीले संस्थागत व्यवस्थापन र कर्पोरेट संस्कार विकासमा जोड दिएको जनाएको छ ।

कार्यक्रममा लगानीकर्ता योगेश घिमिरे, अनुपमान सैजू, गोविन्दप्रसाद लामिछाने तथा कम्पनीकी व्यवस्थापक सरस्वती पोखरेलले आयोजनाको सफलताका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : ४४ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट