२० बैशाख २०८३, आइतबार | May 3, 2026

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि



काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको छ । उचित विकल्पबिना बस्ती हटाउन थालेपछि सर्वसाधारणदेखि कलाकारसम्मले असन्तुष्टि जनाउन थालेका छन् ।

यही सन्दर्भमा अभिनेता दयाहाङ राईले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सुकुम्बासीमाथिको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

राईले धनीहरूले सम्पत्ति लुकाउन सके पनि गरिबी लुकाउन नसकिने टिप्पणी गर्दै सामाजिक असमानताको विषय उठाएका छन् । हालै एक सञ्चारमाध्यमसँगको संवादमा उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यलाई मानवीय संवेदनाको अभावका रूपमा व्याख्या गरेका थिए ।

उनले विकास केवल भौतिक संरचना निर्माणबाट मात्रै नआउने उल्लेख गर्दै मानिसहरूको भावना र पीडालाई पनि सम्बोधन गर्नुपर्ने बताए। वर्तमान कदम हतारमा भएको जस्तो देखिएको भन्दै प्रक्रिया बुझेर निर्णय लिनुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्री बालेन्द्र शाह प्रति अझै अपेक्षा राख्न सकिने उल्लेख गर्दै उनले व्यक्तिपूजाको प्रवृत्तिबाट सचेत रहन आग्रह गरे । “हामी आफैं केही नगर्ने र कसैले जादु गरिदिन्छ भन्ने सोच गलत हो,” उनले भने ।

राईले आफू राजनीतिमा जाने सोच नभएको स्पष्ट पार्दै समाज परिवर्तनका लागि अभिनय र कलाकारितालाई नै आफ्नो माध्यम बनाउने बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ३ : ५१ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको